
काठमाडौं, २८ वैशाख– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकुरमा भने‘भारत र नेपाल दुई देश हुन् तर हाम्रो मित्रता आजको होइन त्रेता युगको हो ।’
मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनकपुरबाट अयोध्याबीच सिधा बस सेवाको शुरुवात गरेका छन् ।
मोदीको शुक्रवारबाट शुरु भएको नेपाल यात्रामा मानिस तीन नयाँ रेकर्ड बनाउने कुरा गरिरहेका छन् ।
पहिला कुनै पनि भारतीय प्रधानमन्त्री आफ्नो कार्यकालमा तीन पटक नेपाल आएका छन् । चार वर्षमा तीनपटक भारतीय प्रधानमन्त्री नेपाल आए र तेस्रो नेपालका प्रधानमन्त्रीको भारत यात्राको ३३ दिनपछि भारतीय प्रधानमन्त्री नेपाल आएका छन् ।
२०१४ मा नरेन्द्र मोदीको नेपाल यात्राले उच्च स्तरमा भारतको रुची नेपालमा छ भन्ने देखाएको छ तर नाकाबन्दीका कारण जागृत भएको भारत विरोधी प्रदर्शनले सम्बन्धमाथि गहिरो छाप परेको छ ।
नाकाबन्दी त्यसबेला भएको थियो जतिवेला नेपाल भूकम्पपछिको पुनर्निर्माणमा जुधिरेहको थियो ।
नाकाबन्दीका बेला भारतसँग निर्भर रहेका नेपालीले निकै दुख पाए । जसका कारण तेस्रो नेपाल भ्रमणका क्रममा ट्वीटर र फेसबुकलगायतका समाजिक सञ्जालमा मानिसहरु ‘व्लकेड वाज क्राइम, मोदी नट वेलकम इन नेपाल,’ लगायतका ह्यासट्याग प्रयोग गरिरहेका छन् ।
मोदीले नाकाबन्दीको पीडा भोगेका नेपालीको सहानुभुतिमा शव्द नखर्चेको र कहिल्यै गल्ती गरेको नस्विकारेका कारण नेपालीहरु रिसाएका बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
नेपालमाथि भारतले राजनीतिक हस्तक्षेप गर्ने गरेको नेपाली जनताको आम बुझाइ छ । जसका कारण उनीहरु चीन प्रति बढी निकट बनेका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यसका साथै नेपालमाथि सहयोग गर्ने घोषणा गर्ने र काम नहुने सूची लामो छ । जसका कारण नेपालीले भारतमाथि विश्वास गर्न सक्ने आधार बनेको छैन ।
नेपालीहरु भारतविरुद्ध भन्दा पनि मोदीप्रति पूर्वाग्रही बनेको समाचारहरु भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।