२९ असार २०८३, सोमबार

मुक्तिनाथ क्षेत्रमा डेढ घण्टा बसे मोदी, २० मिनेट लगाएर विशेष पूजा

बैशाख २९, २०७५
मुक्तिनाथ क्षेत्रमा डेढ घण्टा बसे मोदी, २० मिनेट लगाएर विशेष पूजा

मुस्ताङ, २९ वैशाख- नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका थिए । मोदीले षोडषोपचार विधिबाट पूजा गरेका थिए ।

भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहे । उनी आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुस्ताङ आएका थिए ।

पूजाआजापछि मोदो काठमाडौँ फिर्ता भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्