
काठमाडौं, २९ वैशाख– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । उनी विदेश भ्रमणपछि नेपाल फर्कदै थिए ।
भारतले नेपालमाथि नाकाबन्दी लगाएर दुख दिएको भन्दै भारतले माफि माग्नु पर्ने भन्दै ग्रेटर नेपालले विरोध प्रदर्शन गर्दै आएको छ ।
यस्तै विवकेशील साझा पार्टीले नाकाबन्दीको विरोधमा राखेको व्यानर प्रहरीले झिकेको छ भने प्रदेश नम्बर पाँचका संयोजकसहित कयौंलाई पक्राउ गरेको छ ।
यसअघि प्रहरीले सामाजिक सञ्जालमा मोदीको भ्रमणका विषयमा नकारात्मक प्रचार गरेको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो ।