०२ साउन २०८३, शनिबार

कांग्रेस नेताहरूसँग मोदीले भने, ‘नेपालको प्रगतिभन्दा केही एजेन्डा छैन’

बैशाख २९, २०७५
कांग्रेस नेताहरूसँग मोदीले भने, ‘नेपालको प्रगतिभन्दा केही एजेन्डा छैन’

काठमाडौं, २९ वैशाख–नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

मोदीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू शनिवार मध्याह्न हायात होटल पुगेका थिए । भेटमा मोदीले नेपालको विकास र समृद्धिका भारतको सधैँ सहयोग रहने बताएका थिए । 

‘नेपालको प्रगतिभन्दा केही एजेन्डा छैन, चुनाव गरेर संविधान कार्यान्वयन गर्नुभएकोमा बधाइ छ,’ मोदीको भनाइ उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकान्तरसँग भने । 

मोदीले चुनाव सम्पन्न गराएकोमा देउवालाई बधाई दिएका थिए । ‘दुई देशको बीचको सम्बन्ध राम्रो हुँदै जाओस् र पार्टी टु पार्टी सम्बन्ध पनि मजबुत होस् भन्ने मोदीको चाहाना थियो,’ पूर्वपरराष्ट्र मन्त्री समेत रहेका महतले भने । 

मोदीलाई भेट्न सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरू उनी बसेकै होटलमा पुगेका थिए ।

उनीहरूबीच झण्डै आधाघण्टा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्