
सुर्खेत, २ जेठ - कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको आफ्नो विमान अझै सम्पर्कविहीन रहेको मकालु एयरले प्रष्ट पारेको छ ।
विमान बाजुरामा फोर्स ल्याण्डिङ भएको भनिए पनि मकालु एयरले त्यस्तो जानकारी आफूहरूलाई प्राप्त नभएको बतायो । 'प्लेन मिसिङ भएदेखि कुनै आधिकारिक सूचना आएको छैन,' मकालु एयरका एक प्रतिनिधिले लोकान्तरसँग भने ।
सुर्खेतबाट कार्गो सामान लिएर बुधबार बिहान ६:५५ मा उडेको विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान उडेको एकघण्टा भित्रै सिमीकोट पुगिसक्नुपर्ने थियो ।