३० असार २०८३, मंगलबार

अज्ञात समूहलद्वारा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

अज्ञात समूहलद्वारा खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बुटवल, २ जेठ - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । 

जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो ।  घाइतेको अवस्था गम्भीर रहेको छ । 

स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए  । 

घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिए  ।

salt training

कमेन्ट गर्नुहोस्