१६ असार २०८३, मंगलबार

पेरिसडाँडा जाँदै ओली, नयाँ कुर्सी थपियो

पेरिसडाँडा जाँदै ओली, नयाँ कुर्सी थपियो

काठमाडौं, ४ जेठ– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तत्कालिन माओवादीको कार्यालय पेरिसडाँडा जाने भएका छन् । 

पार्टी एकीकृत भएसँगै नेकपाका दुई अध्यक्ष पार्टी कार्यालय अवलोकनका लागि पेरिसडाँडा जान लागेका हुन् । उनीहरु अपराह्न ४ बजे जाने कार्यक्रम छ । 

दुई अध्यक्षले पार्टी कार्यालय अवलोकनपछि निर्देशन दिने कार्यक्रम रहेको छ । 

नेकपाले पार्टी कार्यालयको रुपमा यसअघि माओवादीको कार्यालय रहेको पेरिसडाँडा बनाउने तयारी गरेका छन् र यसअघि एमालेको कार्यालय रहेको धुम्बाराहीमा नेकपाको जनवर्गीय संगठनहरुको कार्यालय राख्ने तयारी गरिएको छ ।

आजै दुई अध्यक्षको आसनको लागि कुर्सीको समेत पेरिसडाँडामा व्यवस्था गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्