
काठमाडौं ४ जेठ– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ७ गते सोमवार संसदमा सरकारका वार्षीक नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन् ।
त्यसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरिएको छ ।
प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले फागुन ७ गते सोमवार अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउँदै भण्डारी भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गर्न लागेको जनाएका हुन् ।
नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ मा सरकारले संसदमा बजेट पेश गर्नेछ ।