२१ असार २०८३, आइतबार

राजकुमार ह्यारी र अभिनेत्री मेगनको विवाह आज

राजकुमार ह्यारी र अभिनेत्री मेगनको विवाह आज

काठमाडौं, ५ जेठ– बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच विवाह हुँदैछ । उनीहरु आज विवाह बन्धनमा बाधिन लागेका हुन् । 

लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिम विन्डजरमा एक भब्य समारोहका बीच ह्यारी र मेगनको विवाह हुन लागेको हो । विवाह समारोहमा ६ सय पाहुनालाई निम्तो दिइएको छ । ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको विवाह छ । 

बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोह हेर्न विन्जरका सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ । तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए ।  

विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिइएको छैन । बेलायती शाही नियम विपरितकी मेगन अफ्रिकी अमेरिकी मुलकी महिलाकी छोरी हुन् भने क्याथलिक इसाई समेत हुन् । पहिलो विवाहबाट सम्बन्ध विच्छेद गरेकी मेगनलाई बेलायती शाही परिवारको आधुनिक बुहारी भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्