
कर्नाटकमा १०४ सिट वाला भारतीय जनता पार्टीलाई बहुमतको आकडासम्म पुग्नका लागि सात विधायक अपुग छ । जसका लागि राज्यपालले बीजेपीलाई १५ दिन समय दिइएको थियो । तर सुप्रीम कोर्टले यसलाई घटाएर एक दिनमा झारिदिएको छ ।
बीजेपीले आज विधानसभामा यसलाई सावित गर्नुपर्ने छ । यस्तोमा प्रश्न यो उठ्छ कि आखिर ती सात विधायक बीजेपीले कहाँबाट ल्याउछ र कर्नाटकमा आफ्नो सरकारको साख बचाउँछ ?
कर्नाटकमा २२४ मध्ये २२२ सीटमा चुनाव भउको थियो । जेडीएसको कुमारस्वामी २ सीटमा जीत निकाल्न सफल भएको यसकारण कुला विधायकको संख्या २२१ भएको छ ।
यस कारण १११ सीटमा बहुमत हासिल हुन्छ । बीजेपीले १०४ सिट जितेको छ । जबकि कांग्रेससँग ७८ तथा जेडीएससँग ३७ सांसद छन् । यसका अलावा दुई निर्दलीय विधायक(सांसद) छन् ।
यस्तोमा अब येदियुरप्पालाई बहुमत साबित गर्नका लागि सात विधायकको आवश्यकता छ र यस्तो स्थितिमा उनीसँग चार विकल्प हुन सक्छ ।
पहिलो,
कांग्रेस तथा जेडीएसका १४ विधायकले राजिनामा दिएको खण्डमा बिजेपीलाई सहज हुनेछ। यस अवस्थामा सदन सदस्यको कुल संख्या २२१ बाट २०७ हुने छ र यस आकडामा बीजेपीको १०४ सीट बहुमत हुनेछ ।
दोस्रो विकल्प
बीजेपीको आग्रहमा कांग्रेस तथा जेडीएसका १४ विधायक भोटिङका क्रममा अनुपस्थित हुनुपर्नेछ तब मात्र बीजेपी १०४ सीटका साथ बहुमत हासिल गर्न सक्छ ।
तेस्रो विकल्प
कांग्रेस तथा जेडीएसका सात विधायक बीजेपीको पक्षमा भोटिङ गरेको खण्डमा उसको सरकार बन्ने छ ।
चौथो विकल्प
बीजेपी यदी कांग्रेस तथा जेडीएसका दुई तिहाई विधायकलाई फुटाउन वा आफ्नो पक्षामा ल्याउन सफल भएमा दल बदल कानूबाट बच्न सक्५ । यसका लागि कांग्रेसका ५२ तथा जेडीएसका २६ विधायकलाई मनाउनु पर्छ ।