२३ जेठ २०८३, शनिबार

प्रदेश नं ३ लाई धुलोमुक्त बनाउने केशब  स्थापितको घोषणा

जेठ ५, २०७५
प्रदेश नं ३ लाई धुलोमुक्त बनाउने केशब  स्थापितको घोषणा

काठमाडौँ, ५ जेठ -प्रदेश ३ का भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितले ३ नं प्रदेशका सडकलाई धुलोमुक्त बनाइने बताएका छन्  । 

आज प्रदेश मन्त्रालयद्वारा ‘स्वाइल सेभेलाइजेसन’ प्रविधिबारे प्रदेश नं ३ का जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले काठमाडाँैमा आयोजित भेलामा उनले  ३ नं प्रदेशलाई धुलोमुक्त बनाउने बताएका हुन्  । 

उनले  चाँडै नै अमेरिकी कम्पनी स्टेडफास्टसँग सम्झौता गरेर उक्त प्रविधि नेपाल भित्र्याइ सडकलाई धुलोमुक्त बनाउने जानकारी दिए  । “प्रदेश नं ३ मा अधिकांश सडक अझै कालोपत्रे भएका छैनन्, त्यसैले ग्राभेल सडकमा एग्रीविन्ड रसायन प्रयोग गरी धुलोलाई नियन्त्रण गरिनेछ”–उनले भने  । 

उक्त प्रविधिमार्फत एग्रीविन्ड नामक रसायन प्रयोग गरी सडकलाई धुलौटो बनाएर जमाउने काम गरिन्छ जसले गर्दा सडकमा रहेको धुलो जमेर उड्न पाउँदैन । उनले  भौतिक निर्माणका लागि ठेकेदारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले नै निर्माण कम्पनी स्थापनाको तयारी गरेको समेत जानकारी दिए  । 

salt training

कमेन्ट गर्नुहोस्