३० जेठ २०८३, शनिबार

बिश्व भरका युवा कम्युनिस्टहरू काठमाडौंमा

बिश्व भरका युवा कम्युनिस्टहरू काठमाडौंमा

काठमाडौं, ६ जेठ - विश्वका कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्यका साथ ४० देशका कम्युनिष्ट अगुवा काठमाडौं आईपुगेका छन् ।

विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरु नेपालको कम्युनिष्टहरुको संघर्ष, आन्दोलन, एकता र जनसम्बन्धका विषयमा जानकारी साथै WFDYको बैठकका लागि नेपाल अाएका हुन्।

विश्व प्रजातान्त्रिक युवा संघमा अनेरास्ववियु, युवासंघ र स्ववियु काउन्सिल सदस्य रहेका छन् ।

आउँदो जेठ ९गते आयोजना हुने युवा सम्मेलनको व्यवस्थापन अनेरास्ववियुले गरिरहेको अनेरास्ववियुका प्रचार विभाग प्रमुख सुदिप शर्माले जानकारी दिए । 

 राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा लागि भोलि (सोमबार) पत्रकार सम्मेलन आयोजनाको तयारी भइरहेको शर्माले जानकारी दिए । 

कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त रुपमा गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने भएको छ ।

बेलायत, रसिया, कोरिया, श्रीलङ्का, भियतनाम,जापान,पेरु,अल्जेरिया,इक्वेडर,दक्षिण अफ्रिकालगायत विश्व प्रजातान्त्रिक युवा संघमा आवद्ध ४० देशका कम्युनिष्ट अगुवाहरुको नेतृत्व संघका अध्यक्ष निकोलसले गरिरहेका छन् । संघले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको विषयमा समेत विभिन्न जानकारी लिने अखिल अध्यक्ष नविना लामा बताउँछिन् ।

संघले विश्वको कम्युनिष्ट राजनीतिक इतिहासहरुको समेत अध्ययन अनुसन्धानको काम गर्दै आइरहेको र नेपालको कम्युनिष्ट इतिहास, नेपालको शसस्त्र जनयुद्ध र अहिलेको वाम एकताका बारेमा धेरै जिज्ञासा राख्न खोजिरहेका छन्। यो एकता कसरी सम्भव भयो भन्ने कुरा पनि उहाँहरुको जिज्ञासाको विषय बनिरहेको छ ।बिश्व प्रजातान्त्रिक युवा सगंठनको यति ठुलो बैठक नेपालमा पहिलोपटक हुन लागिरहेको शर्माले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्