
बुटवल, ६ जेठ– कम्युनिष्ट एकता हुनुपर्ने भन्दै विगत तीन वर्षदेखि आफ्नो दाह्री नखौरेका रूपन्देहीका एकजनाले आफ्नो दाह्री काटेका छन् ।
समाजसेवी बलराम भट्टराईको दाह्री प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले शनिबार बेलुका खौरिएका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि एक कार्यक्रममो आयोजना गरि भट्टराईले दाह्री खौरेका हुन् ।
नेपालमा रहेका सबै वाम पार्टीहरु एक हुनुपर्ने आवाज उठाउँदै आएका समाजसेबी भट्टराईले दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि खुसीयालीमा दाह्री खौरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का सांसद् भोजप्रसाद श्रेष्ठले वाम एकताले मुलुकलाई राजनीतिक स्थिरता दिने भन्दै दुई ठूला पार्टीको एकताले जनतामा हौसला प्रदान गरेको उल्लेख गरे । मुलुकको आर्थिक समृद्धिका लागि पनि पार्टी एकताले सहयोग पु¥याउने बिचार ब्यक्त गर्दै श्रेष्ठले भट्टराईको अडानको प्रशंसा गरे ।
तीन वर्षपछि दाह्री खौरिएका भट्टराईले नेपालका सबै वाम पार्टीहरु एक हुनुपर्ने बेला आएको उल्लेख गरे । दुई पार्टीबीचको एकताले आफूलाई खुसी लागेकोले दाह्री खौरिएको उनको भनाइ थियो ।
कार्यक्रममा पूर्व सभासद् विनोद पहाडी, बलराम न्यौपाने, सिमली फाउण्डेशनका निर्देशक सीता अर्याल लगायतले बोल्दै भट्टराईको प्रशंसा गरे ।