२७ जेठ २०८३, बुधबार

किमले धम्की दिएपछि ट्रम्प र मूनले गरे छलफल

किमले धम्की दिएपछि ट्रम्प र मूनले गरे छलफल

काठमाडौं, ७ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले उत्तर कोरिया तथा अमेरिकाबीच हुने ऐतिहासिक वार्ता रद्द गर्ने उत्तर कोरियाको ताजा धम्कीका विषयमा आइतवार कुराकानी गरेका छन् । 

न्यानो शब्दहरूका साथ हप्तौंसम्म चलेको सिलसिलापछि सौहार्द्रपूर्ण वातावरण बनेको भएपनि उत्तर कोरियाले जुन १२ मा हुने शिखर वार्ताबाट अचानक अलग्गिने धम्की दिएको छ । समाचार एजेन्सी केसीएनएका अनुसार, अमेरिकाले
एकतर्फी आणविक कार्यक्रम परित्याग गर्ने माग राखेका कारण उत्तर कोरियाले यो धम्की दिएको हो ।

उत्तरले दक्षिण कोरियासँग हुने उच्चस्तरीय बैठकलाई पनि खारेज गरिदिएको छ । दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको संयुक्त सैन्य अभ्यासको विरोधस्वरूप यसो गरेको उसको दाबी छ । 

मूनको कार्यालयले एक बयान जारी गरेर आइतवार भएको फोनवार्तामा ट्रम्प र मूनले ‘उत्तर कोरियाले हालै उठाएका कैयौं कदममा विचार विमर्श गरे’ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्