
काठमाडौं, ९ जेठ–खानेपानी मन्त्री विना मगरले सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मन्त्री मगरले सार्वजनिक गरेको सम्पत्ति विरणमा पति प्रकाश दाहालको नाममा चितवनमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छिन् । जसको स्रोत मावलीको हजुरआमाबाट प्राप्त भएको जनाएकी छिन् ।
त्यस्तै सासू एवं प्रचण्ड पत्नी सीता दाहालको नाममा चितवनमा १ कठ्ठा जग्गा गरेको र उत्त जग्गा पैतृक रुपमा प्राप्त भएको जनाएकी छिन् ।
त्यस्तै उनले पैतृक रुपमा प्राप्त भएको ५ तोला सुन र १६ तोला चाँदी आफूसँग रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।
उनीसँग एभरेष्ट बैंकमा खाता भएपनि रकम भने जम्मा नभएको जनाएकी छिन् ।
उनले पति प्रकाश दाहालको नाममा भएको स्कुटर रहेको उल्लेख गरेकी छिन् ।