
काठमाडौं, १० जेठ– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति गठनबारे पूर्वमाओवादी केन्द्रमा असन्तुष्टि चुलिएको छ ।
मंगलबार सार्वजनिक गरिएको ४४१ केन्द्रीय सदस्यको नामावलीमा नेताहरुले आफन्त र नातेदारलाई समावेश गरेको भन्दै तल्लो तहका नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
तत्कालिन माओवादी केन्द्रका भागमा परेका २०० केन्द्रीय सदस्यमा सम्भावना बोकेका र दुःख गरेर आएका भन्दा नेताका आसेपासेलाई ठाउँ दिइएको भन्दै असन्तुष्टि चुलिएको स्रोतको हवाला दिँदै आजको कारोबार दैनिकले खबर छापेको छ ।