३१ असार २०८३, बुधबार

ट्वीटर फलोअर्सलाई ब्लक नगर्न ट्रम्पलाई न्यायाधीशको आदेश

ट्वीटर फलोअर्सलाई ब्लक नगर्न ट्रम्पलाई न्यायाधीशको आदेश

काठमाडौं, १० जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटर प्रयोगकर्ता ब्लक नगर्न जिल्ला अदालतका न्यायाधीशले आदेश दिएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथि ट्रम्प र ह्वाइट हाउसले लगाम लगाएको भन्दै दायर मुद्दामा न्यायाधीशले यस्तो आदेश दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले सात ट्वीटर प्रयोगकर्तालाई ब्लक गरेका थिए । उनीहरुको तर्फबाट दी नाइट फस्ट अमेन्डमेन्ट इन्ष्टिच्यूटले अदालतमा मुद्दा दर्ता गराएको थियो । 

मुद्दामाथि फैसला गर्दै न्यायाधीशले विचारकै आधारमा ब्लक गर्नु नाजायज भएको भन्दै कदम सच्याउन आदेश दिएका छन् । जिल्ला अदालतका न्यायाधीश नामी राइस बुचवाल्डले ट्रम्पको @realDonaldTrump एकाउन्टलाई ब्लक गर्ने पहुँच दिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको उल्लंघन हुने तर्क गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्