२९ असार २०८३, सोमबार

कर नबुझाउने १२ करदाता कारवाहीमा

कर नबुझाउने १२ करदाता कारवाहीमा

लहान, १० जेठ- आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४/७५ मा १२ करदातालाई कारवाही गरेको छ । 

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व कार्यालयले चालू आवको १० महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । 

सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र भएको आन्तरिक राजश्वले चालू आवमा रु एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामा आव सकिन डेढ महिनामात्र बाँकी रहँदा रु एक अर्ब ४३ करोड ६० लाख ६१ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । 

चालू आवमा अन्तःशुल्कतर्फ रु ३८ करोड ५८ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु ४४ करोड २६ लाख ३० संकलन भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्