
काठमाडौं, १२ जेठ– सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दलका सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रशंसासहित बचाउ गरेका छन् । तर, विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमले सबै विषयलाई समेट्न नसकेको भन्दै टिप्पणी गरेका छन् ।
छलफलका क्रममा सत्तारुढ दलका सांसदहरूले नयाँ नेपाल र समृद्ध नेपालको मार्गचित्र यसले प्रस्तुत गरेको भन्दै समर्थन गर्न आग्रह गरेका छन् । तर, प्रतिपक्षी दलका सांसदहरूले भने नीति तथा कार्यक्रम अपूरो र दिशाहीन भएको टिप्पणी गरेका छन् ।
छलफल शुक्रबार सकिए पनि दुवै सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जवाफ दिने संघीय संसद सचिवालयले जनाएको छ ।