३१ असार २०८३, बुधबार

सदनमा प्रधानमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न, ‘साइकिल चढ्ने मन्त्रीको खातामा ५५ लाख कहाँबाट आयो ?’

सदनमा प्रधानमन्त्रीलाई प्रतिपक्षी सांसदको प्रश्न, ‘साइकिल चढ्ने मन्त्रीको खातामा ५५ लाख कहाँबाट आयो ?’

काठमाडौं १३ जेठ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाल सरकारका मन्त्रीको सम्पत्तिबारे प्रधानमन्त्रीसंग प्रश्न गरेका छन् । 

सरकारका नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछिको प्रतिप्रश्नको क्रममा नेपाली कांंग्रेसका सांसद भरतकुमार साहले मन्त्रीको सम्पत्तिवारे प्रश्न गरेका हुन् । 

सांसद शाहले मन्त्री लालबावु पण्डितको नामै उच्चारण नगरी साइकल चढने मन्त्रीको ५५ लाख रकम कहाँबाट आयो भनि प्रश्न गरे । 

उनले सरकारको सय दिनमा ९० रुपैया पेट्रोल १०८ पुगेको, डिजेलको मूल्य ९० रुपैयाँ पुगेको भन्दै हनिमुन पिरियडमा महंगी बढेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्