०२ साउन २०८३, शनिबार

फेसबूकले छुटाउन सक्छ धूम्रपानको बानी

फेसबूकले छुटाउन सक्छ धूम्रपानको बानी

काठमाडौं, १४ जेठ – फेसबूकले बनाएको धूम्रपान छोड्ने कार्यक्रमको असर अन्य अन्लाइन अभियानभन्दा बढी प्रभावकारी देखिएको छ । फेसबूकका कारण धूम्रपान छोड्ने सम्भावना साढे दुई गुणा बढी रहेको देखिएको हो । 

एक अनुसन्धानअनुसार, युवाले धूम्रपान छोड्ने उपचारका लागि काउन्सेलरको सुझावभन्दा फेसबूकको अभियानलाई बढी मन पराउने देखिएको हो । 

युवामा अल्पकालिक र सकारात्मक व्यवहार परिवर्तनमा फेसबूकको उपयोग विशेष रूपमा प्रभावकारी हुन्छ । 

क्यालिफोर्निया विश्वविद्यालयका सहायक प्राध्यापक डेनियल रामोले भने, ‘सामाजिक सञ्जालको वातावरण धूम्रपान छुटाउने औजारका रूपमा प्रयोग हुन सक्छ ।’ यो अनुसन्धान एडिक्सन नामक पत्रिकामा प्रकाशित छ । यसमा ५००
मानिस सहभागी थिए । उनीहरूको औसत आयु २१ वर्ष थियो र तीमध्ये ८७ प्रतिशत दिनदिनै धूम्रपान गर्छन् । 

यी सबैले ९० दिनको टोब्याको परियोजना कार्यक्रममा भाग लिएका थिए । उनीहरूलाई धूम्रपान छोड्ने तत्परताअनुसार फेसबूक समूहहरूमा बाँडियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्