
काठमाडौ, १७ जेठ– आर्थिक वर्ष २०७५ ०७६ को बजेटमाथिको छलफल बिहीबारबाट शुरु हुँदैछ । प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल शुरु हुन लागेको हो ।
बजेटमाथिको छलफलका लागि प्रतिनिधिसभामा तीन दिनको समय तोकिएको छ । राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुने बताइएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको वार्षिक बजेटका विनियोजन विधेयकसहित सबै आश्रित विधेयक संसदमा पेस भइसकेका छन् । पेस भएका विधेयकमाथि छलफल हुन लागेको हो ।
अर्थमन्त्री खतिवडाले मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट संघीय संसदको संयुक्त बैठकमा पेस गरेका थिए ।