२४ जेठ २०८३, आइतबार

एसएसपी खत्रीको बयान : गोरे र डिआईजी निरौलाको विशेष सम्बन्ध थियो

एसएसपी खत्रीको बयान : गोरे र डिआईजी निरौलाको विशेष सम्बन्ध थियो

विराटनगर, १७ जेठ– बिहीवार जिल्ला अदालत मोरङमा उपस्थित भएका ३८ क्विन्टल सुन तस्करी प्रकरणका अभियुक्त नेपाल प्रहरीका निलम्बित एसएसपी श्याम खत्रीको बयान सकिएको छ । अदालतमा उपस्थित भएलगत्तै शुरु भएको बयान सकिएपछि अदालतमा अहिले खत्रीको थुनछेक बहस चलिरहेको छ । 

बयानमा खत्रीले नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र सुन तस्करीका नाइके भनिएका चूडामणि उप्रेती गोरेको विशेष सम्बन्ध रहेको बताएका छन् । 

आफूभन्दा माथिल्लो तहका निरौला र गोरेबीच विशेष सम्बन्ध रहेका कारण आफूले विमानस्थलमा कार्यरत रहेका बेला सुन तस्करी रोक्न नसकेको खत्रीले बयानमा भनेका छन् । 

खत्रीले सुन तस्करी प्रकरणमा प्रहरीका अन्य धेरै अधिकारीको पनि संलग्नता रहेको बताएका छन् । तर उनले खनालबाहेक अन्य प्रहरी अधिकारीको नाम भने उल्लेख गरेनन् । 

‘म एउटा एसएसपी हुँ, अरु कैयौं एसएसपी पनि सुन तस्करीमा संलग्न छन्, डिआईजी पनि छन्,’ खत्रीले अदालतमा दिएको बयान उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्याे । 

salt training

कमेन्ट गर्नुहोस्