
काठमाडौं, १८ जेठ - नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको आजको कारोबार दैनिकले खबर छापेको छ ।
निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ ।
निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ ।