२६ असार २०८३, शुक्रबार

एएफसी एसियन कप : को-को खेलाडी छानिए ?

कात्तिक २०, २०७४
एएफसी एसियन कप : को-को खेलाडी छानिए ?


काठमाडौँ, २७ माघ - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्समा हुने एफसी एसियन कप छनोट–२०१९ का लागि ३६ जना खेलाडी छनोट गरेका छन् ।

गएको नोबेम्वरमा एएफसी सोलिडारिटी कप जितेको टोलीका २३ खेलाडी र बाँकी १३ खेलाडी गरी ३६ खेलाडी छनोट गरिएको हो । उक्त खेलाडीको बन्द प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुनेछ ।

छनोट हुने खेलाडीमा रवीन श्रेष्ठ, विराज मर्हजन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, राजन विष्ट, अनिल गुरुङ, हेमन गुरुङ, विकराम लामा तथा कमल श्रेष्ठ छन् ।

त्यसैगरी अन्जन विष्ट, सुजल श्रेष्ठ, किरण लिम्बू सुमन लामा, नवयुग श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जीत धमाल, एलन न्यौपाने, कर्ण लिम्बू, युवराज खड्का, रवी पासवान विश्व अधिकारी छन् ।

विमल पाण्डे, सुनिल बल, जीतेन्द्र कार्की, दीनेश राजवंशी, रोहित चन्द, हेमन्त थापामगर र विमल बस्नेतपनि छनोटमा परेका छन् । एएफसी एसियन कपमा नेपालले आफनो पहिलो खेल आयोजक फिलिपिन्ससँग आगामी चैत १५ गते खेल्नेछ । अन्तिम चरणको छनोटमा २४ टोली सहभागी छन्, जसलाई छ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको शीर्ष स्थान हासिल गर्ने दुई टोली एसियन कपमा छनोट हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्