२५ असार २०८३, बिहीबार

काँग्रेस पर्साका सभापति फेरि हुने भयो चुनाव

कात्तिक २०, २०७४
काँग्रेस पर्साका सभापति फेरि हुने भयो चुनाव
पर्सा, २७ माघ - नेपाली काँग्रेस पर्साको आज सम्पन्न भएको मतगणनाबाट सभापतिको टुङ्गो लाग्न नसकेपछि पुनः शुक्रबार निर्वाचन हुने भएको छ ।congress
आज खसेको मतबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत हासिल गर्न नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनःनिर्वाचन हुने भएको हो ।

वीरगन्जको आदर्शनगरस्थित बालकल्याण समितिमा सम्पन्न भएको पाँच क्षेत्रको मतगणनाबाट पार्टीको विधानानुसार कोही उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी हासिल गर्न नसकेपछि पुनः निर्वाचन गरिने तयारी भएको प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले जानकारी दिए ।

मतगणनाबाट पहिलो हुने सभापतिका उम्मेदवार अजयकुमार द्विवेदी र दोस्रो हुने जनार्दनसिंह क्षेत्रीबीच प्रतिस्पर्धा हुने छ । सभापतिका उम्मेदवार द्विवेदीले चार सय ३२, क्षत्रीले दुई सय ४७, वशिष्ठनारायण कुर्मीले दुई सय ३७ र शान्ति कार्कीले छ मत हासिल गरेका थिए । नौ सय २५ मध्ये तीन मत बदर भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्