१३ असार २०८३, शनिबार

बेइजिङमा नेपालको श्रीपेच, धेरैकाे चासाे श्रीपेचतिरै

जेठ २४, २०७५
बेइजिङमा नेपालको श्रीपेच, धेरैकाे चासाे श्रीपेचतिरै

काठमाडौं, २४ जेठ- चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ ।

प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्रीमध्ये एउटा छ, नेपालको श्रीपेच ।

श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालिन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालिन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । 

नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्