
काठमाडौँ, २४ जेठ – सरकारले सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच पु¥याउने उद्देश्यसहित ‘नागरिक अधिकार मोबाइल एप्स’ सञ्चालनमा ल्याउने भाएको छ । यो मोबाइल एप्स सञ्चालनसँगै सरकारी सेवा र सूचनामा आम नागरिकको सहज पहुँच र जनताका गुनासा तथा सुझावहरु सिधै सम्बन्धित निकाय र पदाधिकारीलाई दिन मिल्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना तथा प्रविधि सल्लाहकार अशगर अलीले सरकारी सेवा र सूचनामा विना झन्झट आम नागरिकको सहज पहुँच पु¥याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘नागरिक अधिकार मोबाइल एप्स’ सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।