०३ असार २०८३, बुधबार

मनसुन यसै साता भित्र सुरु हुने

जेठ २५, २०७५
मनसुन यसै साता भित्र सुरु हुने

काठमाडौँ, २५ जेठ – यसै सातादेखि नेपालमा मनसुन सुरु हुने भएको छ । मनसुन सुरु हुनका लागि वायुमण्डलीय अवस्था अनुकूल बन्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए । 
नेपालमा यसै सातादेखि मौसम सक्रिय हुने उनले बताए । बङ्गालको खाडीबाट नेपालमा पानी पार्ने बादल सक्रिय भएको समेत उनले जानकारी दिए । नेपालमा जुन १० अर्थात् जेठ २७ वरपर मनसुन सक्रिय हुने भए पनि यो वर्ष भने प्रि–मनसुन सक्रिय भएपछि वैशाखदेखि नै पानी परिरहेको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्