०३ असार २०८३, बुधबार

दाङमा बस दुर्घटना, एक बालिकाको मृत्यु

दाङमा बस दुर्घटना, एक बालिकाको मृत्यु

दाङ, २५ जेठ– जनकपुरबाट नेपालगन्जका लागि छुटेको बस दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब साढे ६ बजे भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । थप विरण आउन बाँकी छ । 

ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा दुर्घटनामा परेको हो । दुर्घटनामा ३२ जना भन्दा बढि यात्रु घाइते भएका छन् । 

बसमा ईट्टा भट्टामा काम गरेर घर फर्किदै गरेका मजदुरका परिवार रहेको बताइएको छ ।  बस चालक निदाउँदा दुर्घटना भएको बताइएको छ । घाइतेहरूको लमही अस्पतालमा उपचार भैरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्