२२ असार २०८३, सोमबार

१० वर्षको कैद माग गर्दै फिल्म निर्माता वाग्लेविरुद्ध मुद्दा दर्ता

१० वर्षको कैद माग गर्दै फिल्म निर्माता वाग्लेविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २५ जेठ–  नक्कली नोटसहित पक्राउ परेका फिल्म निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

जेठ २ गते २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ परेका वाग्लेसहितका ६ जनाविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । 

उनीहरुविरुद्ध मुलुकी ऐनको खोटा चलन महलअन्तर्गत मुद्दा दर्ता गरिएको हो । 

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्दै वाग्लेसहित ६ जनामाथि १० वर्षको कैद र २ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको बिगो दावी गरेको छ । 

अभियोग प्रमाणि भए वाग्लेले १० वर्षको कैद र माग गरिएको विगो बमोजि जरिवाना भर्नुपर्ने छ । काठमाडौं जिल्ला अदालतमा वाग्लेसहितका ६ जनाको बयान आइतवारदेखि शुरु हुने जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्