२४ असार २०८३, बुधबार

सुन तस्करीका ‘मालिक’को घरमा गृह मन्त्रालयको छापा, 'स्रोत नखुलेको' पैसा बरामद

सुन तस्करीका ‘मालिक’को घरमा गृह मन्त्रालयको छापा, 'स्रोत नखुलेको' पैसा बरामद

काठमाडौं, २५ जेठ– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त एमके भनिने मोहन कुमार अग्रवालको घरमा गृह मन्त्रालयको समितिले छापा मारेको छ । 

सुन तस्करी प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेल नेतृत्वको समितिले अग्रवालको घरमा छापा मारेको हो । 

काठमाडौंको अनामनगरस्थित घरमा छापा मार्दा केही नगद र महत्वपुर्ण कागजात फेला परेको प्रहरीले जनाएको छ । अग्रवालको घरबाट बरामद गरिएको स्राेत नखुलेकाे भनिएकाे नगदको परिमाण भने खुलाइएको छैन ।  

एमके अग्रवाल नेपालमा हुने सुन तस्करीमा लगानी गर्ने व्यक्तिका रुपमा गृह मन्त्रालयको समितिले खोजी सूचीमा राखेको छ । अग्रवालविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै उनी फरार छन् । 

गृह मन्त्रालयको छानबिन समिति स्रोतका अनुसार अग्रवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिने तस्करीको सुन भारत पठाउने काम गर्ने गर्दथे । 

salt training

कमेन्ट गर्नुहोस्