०८ असार २०८३, सोमबार

जन्मघर जाने डा. देवकोटाको इच्छा, हेलिकप्टरमा गोरखा लगियो

जेठ २६, २०७५
जन्मघर जाने डा. देवकोटाको इच्छा, हेलिकप्टरमा गोरखा लगियो

काठमाडौं, २६ जेठ– सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ । उनलाई हेलिकप्टरमार्फत गोर्खा लगिएको हो ।

डा. उपेन्द्रका  भतिजा वसन्त देवकोटाका अनुसार डा. उपेन्द्रले जन्मथलो गोरखा जाने इच्छा व्यक्त गरेका कारण हेलिकप्टरमार्फत गोरखा लगिएको हो ।

'आफ्नै गाउँ र जन्मघरमा जाने डा. देवकोटाको इच्छा भएका कारण उहाँलाई हेलिकप्टरबाट गोरखा लगिन लागिएको हो’ वसन्तले लोकान्तरसँग भने । 

डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल हो । उनलाई केहीबेर घरमा राखेर पुन आजै काठमाडौं ल्याइने डा. देवकोटाका भतिजा वसन्तले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्