३१ असार २०८३, बुधबार

तरुण दल पर्साका अध्यक्ष पटेलको निधन

तरुण दल पर्साका अध्यक्ष पटेलको निधन

काठमाडौं, २७ जेठ– नेपाल तरुण दलका पर्सा जिल्ला अध्यक्ष वीरेन्द्र पटेलको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारकाे क्रममा पटेलको निधन भएको हो ।

३८ वर्षका पटेलको फोक्सो र किड्नीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । 

यसैबीच, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पटेलको निधनको खबरले अत्यन्तै दुखि बनाएको बताएका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै पौडेलले पटेलको निधनले नेपाल तरुण दल र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्