२९ जेठ २०८३, शुक्रबार

चुनावको मिति घोषणा गरे सहकार्य : भीम रावल

कात्तिक २०, २०७४
चुनावको मिति घोषणा गरे सहकार्य : भीम रावल
हेटौँडा, २९ माघ - नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले अहिलेको सरकारले स्थानीय तहको चुनावको मिति तत्काल घोषणा गर्छ भने रचनात्मक रुपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।bhim

युवा सङ्घ नेपाल मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रवेश कार्यक्रमको आज हेटौँडामा उद्घाटन गर्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार चुनाव गराएमा एमाले सरकारसँग सहकार्य र सहयोग गर्नका लागि तयार रहेको बताए ।

अहिलेको अवस्थामा आयोगले गरेका निर्णय कार्यान्वयन नगर्ने र चुनाव पनि नगर्ने अवस्थामा सरकार रहेको बताउँदै उनले भने , “१८ वर्षदेखि स्थानीय निकायको चुनाव नगर्दा समस्या भएको छ । आम नागरिक चुनाव चाहन्छन् ।”

एमालेसँगको कुराकानीका आधारमा सरकारले दुई चरणमा गरी वैशाखको अन्त्यमा र जेठमा स्थानीय निकायको चुनाव गर्ने बताएको एमाले उपाध्यक्ष रावलले बताए ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य विरोध खतिवडाले मुलुकको परिवर्तनकारी आन्दोलनमा एमाले लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्