
सुर्खेत, १ असार – कर्णालीको राजधानी वीरेन्द्रनगरमा आज संसदीय मामिला पत्रकार समाजको तदर्थ समिति गठन गरिएको छ ।
कर्णाली प्रदेश सभामा समाचार संकलनका लागि जाने पत्रकारको भेलाले लोकान्तरकर्मी शेरबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । भेलाको अध्यक्षता नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पूर्वअध्यक्ष श्रीधर पौड्यालले गरेका थिए ।
समितिको सदस्यमा देवबहादुर राना, सुवर्णबहादुर शाही, डिलप्रसाद शर्मा, दिपकजंग शाही, सीता वली, यज्ञ खत्री, नविनबहादुर शाही, सविता जिसी, मुना हमाल र पूर्णबहादुर खड्का छन् । समितिले संसदीय रिपोर्टिङ गर्ने पत्रकारको क्षमता अभिबृद्धिका कार्य गर्ने संयोजक थापाले बताए ।
समितिको सल्लाहकारमा महासंघका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापा, सुर्खेत शाखा अध्यक्ष गणेशकञ्चन भारती र शाखाका पूर्वअध्यक्ष श्रीधर पौड्याल रहेका छन् ।