२२ असार २०८३, सोमबार

स्पेनविरुद्ध रोनाल्डोको ह्याट्रिक

स्पेनविरुद्ध रोनाल्डोको ह्याट्रिक

काठमाडौं, २ असार–  विश्वकपमा स्पेनविरुद्ध पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक पूरा गरेका छन् ।  विश्वकपको पहिलो खेलमै उनले ह्याट्रिक पूरा गरेका हुन् । योसँगै उनले क्लब र  पोर्चुगाली राष्ट्रिय टिमबाट गरी आफ्नो खेल जीवनकै ५१ औं ह्याट्रिक समेत पूरा गरेका छन् । 

 शनिबार बिहान  सम्पन्न स्पेन विरुद्धको खेलमा रोनाल्डो चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गरे । यस्तै खेलको ४४ औं मिनेटमा अर्को गोल थपे भने ८८ औं मिनेटमा फ्रिकिकमार्फत थप एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । 

रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै पोर्चुगलले स्पेनसँग ३–३ को बराबरी खेल्यो ।  स्पेनका लागि  डिएगो कोस्टाको २ गोल गरे भने नाचोले एक गोल गरे । 

कोस्टाले  खेलको २४ औं र ५५ औं मिनेटमा टीमको लागि गोल गरे भने नाचोले ५८ औं मिनेटमा एक  गोल गरेका हुन् । 

समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । 
 

salt training

कमेन्ट गर्नुहोस्