
काठमाडौं, ३ असार– विश्वकप जित्ने चाहना बोकेको चर्चित आर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीले प्रतियोगितामा खराब सुरुवात गरेका छन् । विश्वकपको शनिबार भएको खेलमा उनले राम्रो प्रदर्शन गर्न सकेनन्
पहिलोपटक विश्वकप खेलिरहेको आइसल्याण्डविरुद्धको खेलमा मेस्सी पेनाल्टीमा गोल गर्न चुके । जसका कारण आइसल्याण्डले खेल १–१ गोलको बराबरीमा रोक्न सफल भयो ।
आफ्नो टोलीका लागि ‘नायक’ हुनको साटो उनी ‘खलनायक’ हुन पुगे । गोल गर्न नसकेका स्ट्राइकर मेस्सी खेल सकिएपछि रुँदै मैदानबाट बाहिरिए ।
खेलको ४६ औं मिनेटमा पाएको पेनाल्टी आइसल्याण्डका गोल रक्षकले रोकिदिएका थिए ।