०८ असार २०८३, सोमबार

सामरिक महत्त्वको सेसेल्सले दियो भारतलाई ठूलै झड्का

सामरिक महत्त्वको सेसेल्सले दियो भारतलाई ठूलै झड्का

काठमाडौं, ३ असार – हिन्द महासागरमा रहेको मुलुक सेसेल्सले आफ्नो अजम्प्सन टापुमा जलसेना अड्डा बनाउने भारतको प्रस्ताव अस्वीकार गरिदिएको छ । सेसेल्सको यो कदम भारतको कूटनीतिक प्रयासको असफलताका रूपमा हेरिएको छ । 

सेसेल्सका राष्ट्रपति ड्यानी फोरे असार ११ गते भारत भ्रमणमा आउँदैछन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अजम्प्सन टापुका विषयमा कुनै चर्चा नगर्ने उनले प्रस्ट पारिसकेका छन् । 

यसबाहेक रुससँग मिलेर नेक्स्ट जेनेरेसन फाइटर एयरक्राफ्ट विकसित गर्ने भारतको नौ अर्ब डलर डील पनि असफल भएको समाचार आएको छ । 

सेसेल्सले सैन्य अड्डा बनाउन नदिएपछि चीनलाई काउन्टर दिनका लागि अघि बढेको भारतले डिफेन्स क्षेत्रमा ब्याकफूटमा जानुपरेको छ । 

सेसेल्सका राष्ट्रपतिले उक्त परियोजनाको सबै उद्देश्य समाप्त भइसकेको र अर्को वर्ष आफ्नै लगानीमा यो सैन्य अड्डा बनाउने घोषणा गरेका छन् । 

भारतका विदेशसचिव विजय गोखलेले हालै सेसेल्सको भिक्टोरिया गएर यो डील कायम राख्ने प्रयास गरेका थिए तर असफल भए । भारत र सेसेल्सबीच सन् २०१५ मा सैन्य अड्डाको सम्झौता भएको थियो । मोदी उक्त देशको भ्रमणमा
जाँदा भएको सम्झौतालाई बचाउन भारतले भरमग्दूर प्रयास गरेको भएपनि सकेन । 

सेसेल्सको मिडिया रिपोर्टअनुसार, सरकारले यो सम्झौता तोडिनुमा विपक्षी नेता भारतीय मूलका रामकलावनलाई दोषी ठह–याएको छ । उनले भारत भ्रमणमा सम्झौतालाई स्वीकृति दिएका थिए तर पछि अडान पल्टिए । यो सम्झौता
विपक्षीको मञ्जूरीविना पास हुन सक्दैन । 

भारतले सेसेल्ससँग अर्को सम्झौता गर्ने प्रयास गरिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्