२४ असार २०८३, बुधबार

राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री र अर्थमन्त्रीको पदावधि गोलाप्रथाले निर्धारण हुने !

राष्ट्रिय सभाका अध्यक्ष, गृहमन्त्री र अर्थमन्त्रीको पदावधि गोलाप्रथाले निर्धारण हुने !

काठमाडौं, ४ असार– राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्नका लागि आज गोला प्रथा हुँदैछ । 

आफ्नो कार्यकाल आफैंले गोलाप्रथाबाट निर्धारण गर्ने संवैधानिक प्रावधान अनुसार राष्ट्रियसभा सदस्यहरुको कार्यकाल चयन हुनेछ । 

नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ मध्ये २० जनाको कार्यावधि ६ वर्षको, २० जनाको ४ वर्षको र १९ जनाको २ वर्षको हुनेछ । कसको पदावधि कति हुने भन्ने कुरा गोलाप्रथाले निर्धारण गर्नेछ । 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल कति रहने छ भन्ने निर्धारण आजको गोलाप्रथाले तय गर्नेछ । 

कथंकदाचित गोलाप्रथामा तिमल्सिना, थापा र खतिवडाको २ वर्षे पदावधि निर्धारण गरिदियो भने उनीहरु बहालमा रहेको पद धरापमा पर्नेछ । 

संविधान अनुसार मन्त्री हुनको लागि संघीय या राष्ट्रिय सभामध्ये एकको सदस्य हुनु अनिवार्य छ । तर कार्यकाल सकिएपछि उनीहरु पुन निर्वा्चित भएर आउन सक्ने छन् ।

राष्ट्रिय सभा सचिवालयले गोलाप्रथामा वर्णानुक्रमअनुसार भाग लिने व्यवस्था मिलाएको छ ।

गोलाप्रथा छनौट गर्न सेता कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर बट्टाभित्र राखी बन्द गराइन्छ र राष्ट्रिय सभा सदस्यलाई ति कागजहरू झिक्न लगाइन्छ । यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधि बनाएको छ ।

राष्ट्रिय सभा सचिवालयका उपसचिवले असार ४ गते सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा गोलाविधिद्वारा सदस्यहरूको पदावधि निर्धारण कार्यक्रम शुरु हुने जानकारी दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्