१२ असार २०८३, शुक्रबार

वैज्ञानिकले पत्ता लगाए अनौठो तथ्य : सुन्तलाको बोक्रबाट पेट्रोल बन्छ

कात्तिक २०, २०७४
वैज्ञानिकले पत्ता लगाए अनौठो तथ्य :  सुन्तलाको बोक्रबाट पेट्रोल बन्छ
सुन्तलाका बोक्राहरु तपाईं हामी त्यतिकै फाल्छौं । केहीले त्यसलाई सुकाएर बनाएको पेस्ट छालाको हेरचाहको लागि प्रयोग गर्नु भएको हो ।

तर सुन्तलाको बोक्रा छालाको हरेचाहको लागि मात्र नभएर पेट्रोल बनाउन पनि काम लाग्छ भन्ने सुन्दा तपाई छक्क पर्नु होला ।

बेलायतका वैज्ञानिक जेम्स क्लार्कले एउटा यस्तो माइक्रोवेब बनाउने दाबी गरेका छन् की सुन्तलाको बोक्रा अब गाडीको इन्धनमा परिणत हुनेछ । उनका अनुसार यो ओभन बनाउन करीब दुई लाख पाउण्ड लाग्नेछ । उनले यो ओभनमा ओखर तथा स्याउको बोक्राबाट पनि इन्धन बनाउन सकिने दाबी गरेका छन् ।

यो माइक्रो ओभनमा सुन्तलाको छालामा रहेको अणुलाई टुक्र्याएर इन्धनमा परिणत गरिनेछ । सो ओभनमा अणुबाट निक्लिने ग्यास इन्धन मात्र नभएर प्लास्टिक समेत उत्पादन गर्न सकिनेछ ।

जेम्स अहिले करीब ३० टनको इन्धन अटाउन सक्ने भाडो बनाउन जुटिरहेका छन् । उनले सुन्तलाको बोक्रालाई इन्धनको सबैभन्दा बलियो स्रोत मानेका छन् ।

उनका अनुसार विश्वमा प्रत्येक वर्ष लाखौ टन सुन्तलाको बोक्रा त्यतिक्कै खेर गइरहेको हुन्छ ।  सुन्तलाको सबैभन्दा बढी उत्पादन हुने देश ब्राजिलमा सालाना जुस निकाल्ने बेलामा करीब ८० हजार टन सुन्तलाको बोक्रा छोडाएर फ्याकिने गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्