
काठमाडौं, ५ असार – नेपालमा दुलाहा नै दुलहीको घरमा गएर बिहे गर्ने चलन छ । तर चीनमा एक दुलहीले दुलाहालाई लिएर बिहेको मण्डपमा पुगेको खबर आएको छ । दुलही आफैं बस चलाएर बिहेको मण्डप पुगेकी हुन् ।
परम्परालाई लत्याउँदै ती दुलही बिहेको मण्डपमा पुगिन् र बाटोमा दुलाहालाई लिइन् । दुवैजना सँगै विवाह समारोहमा पुगेर विवाह सम्पन्न गरे ।
विवाह मण्डपमा पुग्दा दुलही गाडी चलाइरहेकी थिइन् भने दुलाहा सँगैको सीटमा थिए । बिहेमा आएका पाहुनाले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो ।

दुलहीले प्रदूषणको समस्याप्रति सबैको ध्यान खिच्न बस चलाएर आएको बताइन् । कार चढेर विवाह मण्डपमा जानुभन्दा लो कार्बन एमिसन बस चढेर दुलाहा दुलही विवाह मण्डपमा पुगेका थिए ।
दुलाहाले भने, ‘दुलही सधैं बिहानबिहानै काममा जान्छिन् । म ढिलोसम्म सुतिरहन्छु । त्यसैले बिहेको दिन पनि उनी मलाई पिक गर्न गाडी लिएर आइन् ।’
एजेन्सी