२५ असार २०८३, बिहीबार

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपतिसँगको भेटसँगै यस्तो छ आजको दिनचर्या

प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपतिसँगको भेटसँगै यस्तो छ आजको दिनचर्या
फाइल तस्वीर

काठमाडौं, ६ असार– चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । बेइजिङमा रहेका ओलीले आज चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नु हुनेछ । उक्त वार्ता भोलि हुने छ । 

आज प्रधानमन्त्री ओलीले शुरुमा बेइजिङस्थित नेपाली दूतावासमा नेपाली प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने र त्यसलगत्तै चीन–नेपाल व्यापारिक फोरममा सहभागीता जनाउने कार्यक्रम छ । त्यसपछि ओली टियनमिन स्क्वायरको अवलोकनमा जानु हुने छ । 

चीन भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका एक क्षेत्र एक मार्ग (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्