१९ असार २०८३, शुक्रबार

व्यवस्थित बन्दै विराटनगर : हट्ने भए सडकमा लाग्ने हाटबजार

व्यवस्थित बन्दै विराटनगर : हट्ने भए सडकमा लाग्ने हाटबजार

विराटनगर, ६ असार– विराटनगरका मुख्य सडकहरू पुरै ढाकेर लाग्ने हाटबजार अब हटाइने भएको छ । विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि लागु गर्ने गरी यो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । 

प्रदेश १ को अस्थायी राजधानी विराटनगरका सडक क्षेत्रमा लाग्ने हाटबजार व्यवस्थापन गर्न नसक्दा सडक अस्तव्यस्त हुँदै आएको छ । सातैदिन हरेक बार महानगरका कुनै न कुनै स्थानमा हाटबजार लाग्ने गरेको छ । 
हाटबजारमा खासगरी तरकारी, अन्न, हाँस, कुखुरा, माछा, मासु, खाद्यान्न, भाँडा, मेकअपका सामाग्री तथा कृषि जन्य उपजहरु बिक्री बितरणका लागि  राखिएका हुन्छन् । 

मुल सडकदेखि सहायक सडकहरूमा लाग्ने साप्ताहिक हाटबजारले महानगरमा ट्राफिक जामको समस्या समेत थपेको छ । सडकमै लाग्दै आएको हाटबजारले महानगरको सौन्दर्य र वस्तीलाई समेत असर पारेको छ । 

विराटनगरको गुद्रीस्थित तरकारी बजार वर्षौदेखि सडक नै ढाकिने गरी लाग्दै आएको छ । गुद्री हाटबजारबाट विराटनगर महानगरले वार्षिक १२ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गर्दै आएको छ । 
यो हाटबजार मात्र हैन विराटनगर महानगरपालिका भित्रमात्र डेढ दर्जन ठाउँमा हाटबजार लाग्दै आएको छ । 

यसरी हट्छ
सडक अतिक्रमण गरेर विराटनगरमा लाग्दै आएका हाटबजार आउँदो साउन १ देिख पूर्ण रुपले निषेध गरिने भएको छ । अव्यवस्थित रुपले लाग्ने हाटबजारले शहरको सौन्र्दयलाई असर पारेको महानगरको बुझाई छ । 

वर्षौदेखि लाग्दै आएका हाटबजार व्यवस्थापनका लागि महानगरले साउन १ गतेदेखि अभियानको रुपमा यो काम गर्न लागेको हो । महानगरपालिकाका मेयर भीम पराजुलीले सडक क्षेत्रमा लाग्दै आएको हाटबजारलाई विस्थापित गराउने नीतिगत निर्णय भैसकेकोले साउन १ गतेदेखि बन्द गरिने बताए ।

अहिले सडकमा यातायातका साधनलाई नै आवत जावतमा असर पार्ने गरी लगाइएको हाटबजार हटाउनको लागि केही निश्चीत मापदण्ड भने तय गरिने छ । त्यसका लागि नजिकैको खाली जग्गालाई प्रयोग गर्न सकिने महानगरले जनाएको छ । 

यस्तै महानगरले लिँदै आएको हाटबजार कर समेत नलिने निर्णय अबको परिषद गर्ने तयारी छ । कुनै व्यवसायीले तरकारीको व्यापार गर्नै पर्ने भए गुद्री बजारबाट खरिद गर्ने र भाडाका सटरमा बेच्न पाउने छन् । यसले गर्दा नगरको फोहरमैला व्यवस्थापनमा पनि केही सहज पुग्ने विस्वास गरिएको छ । 

हाटबजारको असर
साप्ताहिक हाटबजारले आवागमनमा समस्या पारेको, दुर्घटना बढदै गएको, हाटबजारबाट निस्केको फोहरले शहर नै दुर्गन्धित पारेको छ । दमकल, एमबुलेन्सजस्ता अत्यावश्यक सवारी साधनलाई समेत सडकमा लाग्ने हाटबजारले आवतजावतमा निक्कै ठूलो असर पार्दै आएको छ ।

तर, त्यसलाई व्यवस्थापन गर्ने बारेमा अहिलेसम्म कुनै निर्णय भएको थिएन । उपमहानगर हुँदा हटाउने प्रयास भएपनि व्यपारीको चर्को विरोधका कारण हाट बजार हट्न सकेको थिएन ।
विराटनगरमा गुद्री बजारसहित अन्य १८ स्थानमा हाटबजार लाग्दै आएका छन् । ती बजार अव्यस्थित र साँघुरा छन् । साँघुरो बजारमा फोहोर, घुँइचो, तरकारीको गाडी पार्किङ्ग गर्ने ठाउँको अभाव पनि छ । 
बजारभित्रको ट्राफिक व्यवस्थापनका लागि पनि हाटबजार हटाउन लागिएको हो । अहिले स्थानीय सरकार विराटनगर आफैँ भएकोले पनि विराटनगरको विकासमा हाट बजार हटाउने निर्णयलाई धेरैले सकारात्मक लिएका छन् ।

हाटबजार व्यवस्थापनको सहज उपाय
प्रदेश राजधानीका मुख्य सडकमा दैनिक तथा साप्ताहिक हाटहरू लाग्ने गरेका छन् । व्यस्त सडकमा लाग्ने हाटबजारलाई महानगरपालिकाले व्यवस्थित गर्न केही योजनाहरु पनि अघि सारेको छ । 

‘हटाउने भन्ने बितिकै कुनै उपाय त दिनै पर्ला तर त्यसका सहज उपाय विराटनगर महानगरसँग एउटै छ त्यो हो कटहरी गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको व्यवस्थित क्षेत्रीय कृषि बजार केन्द्र ।’ मेयर भीम पराजुलीले कृषि प्रदर्शनी केन्द्र निर्माण भइरहेकोले त्यँही व्यवस्थापनको तयारी भइरहेको बताए । 

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा र सार्वजनिक सरकारी १८ कठ्ठा २ धुर गरि कुल ५ विघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रूपैयाँ लागतमा बजार निर्माणकोे काम अन्तिम चरणमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्