×

NMB BANK
NIC ASIA

क्रिस्चियन संस्थाले विद्यार्थी तानेपछि सरकारी स्कूल बन्द !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, २ फागुन - ललितपुरको छम्पी क्षेत्रमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई क्रिस्चियन संस्थाले निजी बोर्डिङ स्कूलमा भर्ना गराइदिएपछि सरकारी विद्यालयहरू समस्यामा परेका छन्।

जर्मन नागरिक ओमारीले 'ओम सिभम वेलफर सेन्टर' नामक संस्था खोलेर सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका हुन्।उनले आफैंले खोलेको अर्को संस्था मार्फत पनि सरकारी विद्यालयका विद्यार्थीलाई निजी विद्यालयमा पठाएका छन्।

छम्पी क्षेत्रका छम्पीदेवी उच्च मावि, बुद्ध मावि, गणेश प्रावि लगायत विद्यालयमा रहेका विद्यार्थीलाई यी संस्थाले सम्पूर्ण पढाइ खर्च बेहोरेर बोर्डिङ स्कूलमा भर्ना गराइदिएका हुन्। संस्थाले छम्पी क्षेत्रमै रहेका टीकाभैरव बोर्डिङ स्कूल, नोबल एकेडेमी, होली टेम्पल लगायतका बोर्डिङ स्कूलमा विद्यार्थी भर्ना गराइदिएको छम्पीदेवी उच्च माविका प्रधानाध्यापक सुरथ गौतमले बताए।

उनका अनुसार ती संस्थाले दलित तथा जनजाति समुदायका विद्यार्थीहरूलाई छानेर बोर्डिङ स्कूलमा भर्ना गरिदिएको छ।'भर्नादेखि, कापी कलम, मासिक शुल्क, पोशाक लगायत सबै खर्च बेहोरेर संस्थाले निजी बोर्डिङ स्कूलमा लगेको छ,' गौतमले लोकान्तरसँग भने, 'धर्म परिवर्तन गराउने मनसाय राखेको यस्तो काम गरिएको जस्तो देखिन्छ।'

छम्पीको भगवती प्राविका सबै विद्यार्थीलाई बोर्डिङमा लगिएपछि विद्यालय नै बन्द भएको छ।'त्यहाँका ४५ जना विद्यार्थीलाई उठाएर निजीमा लगिएको छ,' गौतमले भने, 'हाम्रो विद्यालयका चाहिँ २५ जना जति विद्यार्थीलाई लगियो।'

यसरी सरकारी विद्यालयका विद्यार्थीलाई गैरसरकारी संस्थाले उठाएर निजी विद्यालयमा लगिदिएपछि शिक्षक अभिभावकहरू आतंकित भएका छन्।सरकारी विद्यालयहरूले स्रोत केन्द्र स्तरबाट निर्णय नै गराएर जिल्ला शिक्षा कार्यालयमा निवदेन दिएका छन्।तर जिल्ला शिक्षा कार्यालयले यो विषयमका कुनै पनि कदम नचालेको उनीहरूले आरोप लगाएका छन्।

उनीहरूले गैरसरकारी संस्थाले सहयोग गर्न चाहेमा सरकारी स्कूललाई नै गर्नुपर्ने तर विद्यार्थीहरू उठाउन नपाउने भन्दै उनीहरूले जिल्ला शिक्षा कार्यालय ललितपुरमा निवेदन दिएका हुन्।

'हामीले बेलैमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराएका छौं,' अर्का एक शिक्षकले भने, 'शिक्षा कार्यालयले मतलब नगरेपछि हामीले जति विद्यार्थी आउँछन्, त्यतिलाई नै पढाउनुप-यो।' बालबालिकाका परिवारलाई पैसाको लोभ देखाएर शिवशक्ति नामक सो संस्था धर्म परिवर्तन गराउने खेलमा लागेको शिक्षक तथा अभिभावकले बताएका छन्।सो क्षेत्रमा अन्य केही क्रिस्चियन संस्था क्रियाशील छन्।

स्थानीय एक समाजसेवी अगुवाका अनुसार ओमारीले छात्रवृत्ति प्रदान गर्ने नाममा सरकारी विद्यालयका विद्यार्थी घटाउन र धर्म परिवर्तनको खेलमा लागेको आरोप लगाए।'सरकारको लगानी सरकारी विद्यालयमै हुन्छ, विदेशीको लगानी निजी विद्यालयमा हुन सक्दैन,' उनले भने, 'यसरी त सरकारी विद्यालयहरू बन्दै हुने अवस्था आउँछ।'

उनका अनुसार जिल्ला शिक्षा कार्यालयले आफ्नो पीडा लिएर पुगेका प्रधानाध्यापकहरूलाई ओमारीको बारेमा छानबिन गर्ने आश्वासन दिएको थियो।तर अहिले अरू कुरा गरेर तर्किरहेको छ। गत वैशाखदेखि नै ओमारीको संस्थाले सरकारी विद्यालयका विद्यार्थीहरूलाई उठाएर निजी विद्यालयमा पढाउने गरेको बताए।तर शिक्षक तथा अभिभावकहरूले चाहिँ बरू सरकारी विद्यालयलाई नै सहयोग गर्न आग्रह गरेका थिए।

ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलानाथ पुरीले अघिल्लो वर्षदेखि नै यस विषयमा कुरा उठेको र यसलाई नियन्त्रण गर्ने कोशिश गरेको उनले बताए।उनले अघिल्लो वर्ष यो विषयमा एउटा निवेदन परेको र सम्बन्धित गैरसरकारी संस्थालाई सचेत बनाउने काम गरेको बताए।

'हामीले सचेत चाहिँ गराएका हौं, यो वर्ष भर्खरै शैक्षिक सत्र शुरु हुँदैछ,' उनले भने, 'फेरि पनि सचेत बनाउछौं।' उनले गैरसरकारी संस्थाले छात्रवृत्ति दिन चाहेमा सरकारी विद्यालयमै उपलब्ध गराउनका लागि आफूले अनुरोध गरेको समेत लोकान्तरलाई बताएका छन्।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x