३१ असार २०८३, बुधबार

अख्तियारद्वारा शाखा अधिकृत ढुङ्गानाविरुद्ध मुद्दा दायर

असार १०, २०७५
अख्तियारद्वारा शाखा अधिकृत ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौं, १० असार –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगानाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार आरोपी ढुंगानाले श्रम इजाजत दिने विषयमा प्रकाशित भएको सूचना अपूरो रहेको भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको अभियोगमा कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । 

यस्तै, आयोगले आजै प्रहरी नायब निरीक्षक पदमा कार्यरत धीरेन्द्रकुमार श्रेष्ठले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्