
काठमाडौं, ११ असार – शनिबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण त्रुटिपूर्ण रहेको खुलासा भएको छ ।
पनिकाले शनिबार प्रकाशित गरेको नजितामा वास्तविकभन्दा कम जीपीए अंक उल्लेख रहेको पाइएको हो ।
'डाटा अपलोड' गर्ने बेलामा केही त्रुटि भएका कारण समस्या आएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले स्वीकारेका छन् । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो ।
पनिकाले त्रुटि सच्याइसकेपछिको नतिजा पनि लोकान्तरले प्रकाशित गरेको छ । तपाईंको वास्तविक जीपीए कति आयो, लोकान्तरमा हेर्नसक्नुहुन्छ ।
कतै तपाईंको पनि जीपीए बढ्यो कि ? हेर्नुहोस् यहाँबाट - http://see.lokantar.com/