३० असार २०८३, मंगलबार

काठमाडौंमा बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख

असार १२, २०७५
काठमाडौंमा बाटो नभएको जग्गाको मूल्यांकन प्रतिआना ५ लाख

काठमाडौं, १२ असार –काठमाडौं महानगरपालिकाले राजश्व असुलीको महत्वकांक्षी लक्ष्य पूरा गर्न बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख मूल्य निर्धारण गरेको छ । 
आजको कारोबार दैनिक लेख्छ– सम्पत्ति कर प्रयोजनका लागि जग्गाको मूल्य बढाएर प्रतिआना ६० लाख रुपयाँसम्म पुर्याएको महानगरले बाटो नै नभएको जग्गाको पनि प्रतिआना ५ लाख रुपैयाँ मूल्य निर्धारण गरेको हो । 
आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै महानगरपालिका भित्र पर्ने सबै ठाउँको मूल्य निर्धारण गरेको छ । 
महानगरपालिकाका अनुसार अब ठमेल, क्षेत्रपाटी, असन भोटाहिटी, असन, दरबारमार्ग, हात्तीसार, माइतीघर, लगायतका क्षेत्रका मूल सडकमा जग्गा भएकाहरुले प्रतिआना ६० लाखका दरले सम्पत्ति कर बुझाउनुपर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्