२८ जेठ २०८३, बिहीबार

प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक

कात्तिक २०, २०७४
प्रहरीद्वारा मोटरसाइकल चोरी गर्ने सार्वजनिक
डडेल्धुरा, २ फागुन - डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । 


डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से१प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा संलग्न रौलेश्वर गाविस–१, बैतडीका मुकेशप्रसाद भट्ट, अमरगढी–५का यज्ञराज पाठक र भारत भुरेखाम घर भई हाल अमरगढी नगरपालिकाको स्याउले बस्दै आएका मुन्ना खानलाई सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका तीनैजनालाई भिन्न–भिन्न ठाउँबाट समातेको र चोरी भएको मोटरसाइकल कैलालीको घोडाघोडी नगरपालिका–४ करैचामा अर्कै व्यक्तिको घरमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताउनुभयो । चोरी कार्यमा समातिएका तीनैजनाको अन्य आपराधिक गतिविधिका बारेमा पनि अनुसन्धान भइरहेको उपरीक्षक शाहीले जानकारी गराउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्