
काठमाडौं, २ फागुन– पछिल्ला दिनमा कलाकारको राजनीतिप्रतिको मोह बढ्दै गएको देखिएको छ । यसैबीच दर्जनबढी कलाकार राप्रपामा प्रवेश गरेका छन् ।
अभिनेत्री बेनिशा हामाल, मुकुन्द थापा, कुमार बोगटी, नवराज श्रेष्ठ लगायत दर्जनभन्दा बढी कलाकार राप्रपामा प्रवेश गरेका हुन् ।
राप्रपाका अध्यक्ष कमल थापाले एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । केही समय अघि अभिनेत्री रेखा थापा राप्रपामा प्रवेश गरेका थिए ।